सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पूर्वराज्यमन्त्री र पूर्वसचेतक महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८ मंसिर १०, १०:१४ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत बैतडीमा पूर्वराज्यमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

विगतमा शेरबहादुर देउवा पक्षका नेताको रुपमा परिचित उनी यो पटक सो समूहले बनाएको प्यानलमा नअटाएपछि उनी बिना प्यानल चुनावी मैदानमा होमिएका थिए। चन्दले २४० मत पाए। यस्तै पार्टीका पूर्वप्रमुख सचेतक विनयध्वज चन्द पनि पराजित भएका छन्। उनले ५१५ मत ल्याए। 
 

कमेन्ट लोड गर्नुस