H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०७:५८
Dec 05 2021, Sunday
07:58:44 AM

कारबम विस्फोटमा परी पाँचको मृत्यु

विज्ञापन
रासस
२०७८ मंसिर ०३:५७
अ+

सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य १५ जना घाइते भएका एक सुरक्षा स्रोतले जानकारी दिएको छ। पाँच जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका पुष्टि भएको सुरक्षा अधिकारी मोहम्मद अब्दिल्लाहीले बताए।  

आक्रमणको कारण थाहा नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ। मोगादिसुको आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले ट्वीटरमा भग्नावशेषको तस्बिर साझा गर्दै बम विष्फोटलाई दुःखद घटना भएको बताए। उक्त विस्फोटको जिम्मेवारी तत्कालै कसैले लिएको छैन, तर जिहादी अल–शबाब समूहले मोगादिसुमा यसअघि पनि यसप्रकारको आक्रमणहरु गराउँदै आएको हुनाले बिहीबार भएको आक्रमण पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad