सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु

२०७८ मंसिर ९, ०२:४३ रासस

मोगादिसुः सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन्। नाम नखुलाइकन एक प्रहरी अधिकारीले मोगादिसुको जंक्शन नजिकै भएको विष्फोनटमा धेरै हताहत भएको बताएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ। त्यसैगरी  प्रत्यक्षदर्शीहरूले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन्। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

कमेन्ट लोड गर्नुस