सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमकै पहिलो वडा बालमैत्री घोषणा

२०७५ पुष १२, ०५:३१ प्रकाश सिंह

त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका रुपमा घोषणा गरिएको छ। बालमैत्री स्थानीय स्वायत्त शासन ऐनमा उल्लेखित सबै सूचक पुरा गरेपछि जिल्ला समन्वय समितिको सिफारिसमा वडालाई बालमैत्री घोषणा गरिएको त्रिबेणी नगरपालिका नगरप्रमुख रामसिंह रावलले वताएका छन्।
‘बालमैत्री स्थानीय शासन, नगर निर्माणमा त्रिवेणीको अभियान, बाल बचाउ, संरक्षण विकास र सहभागिताको सुनिश्चितता गरौं त्रिवेणी नगरपालिकालाई बालमैत्री नगर बनाऔं’ भन्ने मुल घोषणा कार्यक्रमको दिईएको थियो।
त्रिवेणी नगरपालिकाका २ वटै वडा सुदूरपश्चिम प्रदेश कै पहिलो वडाका रुपमा घोषणा गरिएका हुन्। वडालाई औपचारिक कार्यक्रमका बीच बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाह र त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले सयुक्त रुपमा घोषणा गरेका हुन्। नाराका साथ सुदूरपश्चिम प्रदेशकै पहिलो रुपमा २ वटा वडालाई बालमैत्री शासन वडाको रुपमा घोषणा गरिएका हुन्। घोषणा भएका यी २ वडाले नेपाल सरकारबाट जारी भएको बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ बमोजिम सूचक पुरा गरिएको नगर उपप्रमुख राधिका सुनारले बताएकी छन्।
बालमैत्री स्थानीय शासन तह घोषणा कार्य्विधि २०७० बमोजिम पक्रिया पुरा गरेकोले दुवै वडालाई सुदुरपश्चिम प्रदेश कै पहिलो वडाका रुपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा नं १ का कार्यबहाक वडा अध्यक्ष भुवाने चंदाराले बताएका छन्। त्रिवेणी नगरपालिका, वडा कार्यालय र पीसविन, सेभ द चिल्डे«नको सहकार्यमा घोषणा गर्न सफल भएको नगरपालिकाले बताएको छ। बालमैत्री घोषणासँगै वडा अबसम्पूर्ण गतिविधी बालमैत्री हुनेछन् भने बाल सहभागिता र सुरक्षालाई पनि ग्यारेन्टी गरिने छ।
स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरि त्रिवेणी नगरपालिकाका १ र २ नम्बर वडालार्ई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको वडा नं। २ का वडा प्रभुराज जैशीले बताएका छन्। वडा भित्र रहेका १८ बर्ष मुुनीका २ हजार ३ सय ८० जना वालवालिकाहरुलाई बालमैत्री स्थानीय शासनका ३९ वटा सुचक पुरा गराउन वडाहरुमा सेभ द चिल्ड्रेन पीसविनको सहयोगमा प्रयास गरेको थियो। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस