कञ्चनपुरको भीमदत्तकी उपमेयर क्षेत्रीय सचिवमा पराजित
२०७८ मंसिर ७, ०५:४७
कञ्चनपुर: कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरपालिकाकी उपप्रमुख क्षेत्रीय सचिवमा पराजित भएकी छन्। प्रतिनिधि सभाको क्षेत्र नम्बर ३ बाट सचिवकी उम्मेद्वार रहेकी उपमेयर सुशिला चन्द सिंह पराजित भएकी हुन्।
सचिवमा उमेश प्रसाद जोशी ३०७ मत ल्याएर विजयी भएका छन् भने सिंहले २२६ मत मात्रै प्राप्त गरिन्। यस्तै सोही पदमा उम्मेदवार रहेका गंगादत्त भट्टले ३०१ मत प्राप्त गरेका छन्।
कमेन्ट लोड गर्नुस