H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०९:०५
Dec 05 2021, Sunday
09:05:43 AM

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताः सुदूरपश्चिमको टोली घोषणा

विज्ञापन
रासस
२०७८ मंसिर ०७:४५
अ+

बैतडीः वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।  खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।  

सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की  रहेका छन्। 

यस्तै अर्जनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीका रुपमा छनोट भएका छन्। गत कात्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो। 

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ जनालाई छनोट गरिएको हो। नेपाल क्रिकेट सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। 
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad