डडेल्धुराबाट प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
डडेल्धुरा: प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन भएका छन्। उनी गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए।
कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ ग मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ।