सुदूर नेपाललाई विश्वसँग जोड्दै

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७८ मंसिर ६, ०७:४८ रासस

काठमाडौँ: पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैङ्कर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ। गत असोजमा कूल ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ।

वाणिज्य बैंकको कर्जा भने ४३ अर्बले बढेको छ। गत असोज मसान्तसम्मको कूल ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म कूल ४० खर्ब ४१ अर्ब पुगेको छ।
 

कमेन्ट लोड गर्नुस