बैतडी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो
धनगढी : बैतडी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। यस्तै २ जना गम्भीर घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार देहीमाण्डुबाट जन्ती बोकेर जादै गरेको म १ ज ३१० नम्बरको जीप दशरथ चन्द नगरपालिकाको कलुवामोडमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्की रहेका प्रवक्ता खड्काले बताए। दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरका ४० बर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि घनगढी रेफर गरिएको छ।
जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ।