बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु
२०७८ मंसिर ५, १२:३५
धनगढी: बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको बुङ्गल नगरपालिका -५ का १२ वर्षीय बिरे कुँवरको राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर मृत्यु भएको हो।
शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
कमेन्ट लोड गर्नुस