सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माछा उपहार आएपछि.....

२०७५ पुष १२, ११:३१ जनक विष्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एक जना मुर्तिकारले उपहार स्वरुप माछा पठाएका छन्।

धनगढीको जाईमा बसेर विगत लामो समयदेखि मुर्ति बनाउँदै आएका रविन्द्र चन्दले मुख्यमन्त्री भट्टलाई ढुङ्गामा कुदेर बनाएको मुर्ति माछा उपहार स्वरुप पठाएका हुन्। उनले ढुङ्गे माछामै माननीय मुख्यमन्त्री लेख्दै मुख्यमन्त्रीलाई उपहार पठाएका छन्।

मुख्यमन्त्री भट्टकै गृह जिल्ला डोटीको बड्डीकेदार गाँउपालिकाबाट धनगढी बसाई सरेका चन्दले उपहारको मुर्ति मार्फत प्रदेश सरकारलाई आफ्नो कला समेत देखाएका छन्।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार मिलन परियार मार्फत पठाइएको मुर्ति मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकक्षमा सजाएर राखेका छन्।

रविन्द्र चन्दले कैलालीको घोडाघोडी तालमा राखिएको घोडा र घोडीको मुर्ति लगायतका धेरै मुर्ति बनाइसकेका छन्।    
  

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस