सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मिति तोकियो

पुस १३ गतेदेखि निर्वाचन कार्य तालिका सुरु भएर पुस २८ गते मतदान 

२०७५ पुष ११, ०७:१० सीताराम ओझा

कैलाली उद्योग वाणिज्य संघको सदस्यहरुको टुङगो लागेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तोकिएको छ । सदस्यता छानविनको काम सकिएपछि निर्वाचनको प्रक्रिया अगाडी वढाउन कार्य तालिका बनाईएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत यादव भण्डारीको संयोजकत्वमा रहेको निर्वाचन समितीले सरोकारवालासँगको छलफलपछि निर्वाचनको मिति र कार्य तालिका तय गरेको हो । पुस १३ गतेदेखि सुरु हुने कार्यतालिका पुस २८ गते मतदान हुने गरी बनाईएको छ । पुस १३ मा नामावली प्रकाशन, १३ र १४ मा दावी विरोध र १५ गते विहान ११ वजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । 

पुस १८ गते मनोनयन दर्ता सोही दिन साँझ साढे ५ बजे मनोनयनको सुची प्रकाशन, १९ गते उजुरी छानविन १९ र २० गते विहान १० वजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनको कार्य तालिका बनाईएको छ । त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाईएको निर्वाचन समितीका संयोजक यादव भण्डारीले जानकारी दिए । 

कैलाली उद्योग वािणज्यको अव हुन गईरहेको निर्वाचनमा दुई हजार सात सय २५ जनाले मतदान गर्ने पाउँनेछन् । गत वैशाख २२ गतेको साधारण सभा स्थगित हुनुअघि संघका ५ हजार ९ सय ९० जना सदस्य रहेका थिए । अधिकांश नक्कली सदस्यहरुको हालीमुहाली वढेको भन्दै उच्च अदालत दिपायलमा उजुरी परेपछि सदस्यता छानविन गरिएको छ । अदालतकै आदेश अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीले अहिले निर्वाचनको काम अगाडी वढाएको छ । मिति तय भएसँगै अव निर्वाचनमा सहभागी हुने व्यवसायीहरुले प्रचार प्रसार सुरु गरेका छन् । अहिलेसम्मको अवस्था यसअघिको साधारण सभा हुनु अघि उम्मेदवारी दिएका दुई प्यानल सहित एक अर्को गरी तीन समुहले चुनावी प्रचार प्रसारलाई तिव्रता दिन थालेका छन् । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस