सुदूर नेपाललाई विश्वसँग जोड्दै

ए डिभिजन लिगः सातदोबाटो र फ्रेन्ड्सले अङ्क बाँडे

। फोटो स्रोत ।
२०७८ मंसिर ३, ०९:१८ खबर संवाददाता

काठमाण्डौ – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ। 

आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ। 

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदोबाटोले फाइदा उठाउन सकेन। 

लिगमा भोलि शनिवार दुई खेल हुँदैछन्। पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लब दिउँसो १ बजे खेल्नेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री–स्टार क्लब बेलुकी पौने ५ बजे खेल्नेछन्। दुवै खेल दशरथ रगङ्शालामा हुनेछ। 

कमेन्ट लोड गर्नुस