सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

२०७८ मंसिर २, ११:०४ खबर संवाददाता

कञ्चनपुरः   कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन।

जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २३ वर्षीय सागर कार्की, बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका १८ वर्षीय जनक रेग्मी र बेदकोट नगरपालिका वडा नम्बर ८का २३ वर्षीय ज्ञानेश विष्ट पक्राउपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बिहीबार नेपाल भारत सिमाना  स्थित बेलौरी नगरपालिका वडा नम्बर १० भुडाबाट उनीहरुलाई ५ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले बताए। 

उनीहरुको साथबाट मोटरसाइकल समेत बरामद गरिएको छ। उनहरुमाथी थप अनुसन्धान भइरहको बमले बताए। 
 

कमेन्ट लोड गर्नुस