पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै कोईलही
एक बर्षमा १० लाख रकम संकलन, व्यवस्थापनमा भने वेवास्ता
कैलालीको कैलारी गाउपालिका वडा नम्बर ९ मा रहेको कोईलही ताल पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। कैलाली कञ्चनपुर लगाएतका क्षेत्रबाट आन्तरिक पर्यटकहरु दैनिक जसो १ हजारभन्दा बढी सो तालमा पुग्ने गर्दछन। तालमा पुग्ने पर्यटक मार्फत नै संरक्षण समितीले एक वर्षको अवधिमा १० लाख ३७ हजार रकम संकलन गरेको छ। आन्तरिक पर्यटकको पहिलो रोजाईमा परेको कोईलही तालमा प्रत्येक व्यक्तीबाट १५ रुपैया लिने गरिएको छ। त्यहाँ जानेहरुबाट १० लाख बढी रकम संकलन भएको हो। तर सो रकम लिए पनि ताल अवलोकन तथा वनभोज खान जाने आन्तरिक पर्यटकहरुले भने रकम उठाए पनि आपेक्षकृत रुपमा व्यवस्थित हुन नसकेको गुनासो गरेका छन। गत वर्षको कार्तिकदेखि रकम उठाउन सुरु गरिएकोमा असारसम्म प्रत्येक व्यक्तीबाट १० रुपैयाँ उठाउने गरिएकोमा चालु आर्थिक बर्षको साउनदेखि भने १५ रुपैया लिने गरिएको छ।
तालमा प्रायः विदाको दिन आन्तरिक पर्यटकहरुको घुँईचो लाग्ने गरेको भएपनि तर आपेक्षकृत रुपमा तालको व्यवस्थापन हुन नसकेको कोईलई ताल पुग्ने पर्यटकहरुले नै गुनासो गर्ने गरेका छन। दशैं तिहारपछिको समयदेखि बैशाखसम्म कोईलई तालमा वनभोज खान जाने आन्तरिक पर्यटकहरुको घँुईचो लाग्ने गरेको संरक्षण समितीले जनाएको छ। प्रायः विदाको दिन शुक्रबार र शनिबारका दिन सबैभन्दा बढी आन्तरिक पर्यटक कोईलई ताल पुग्ने गरेका छन। विदाको दिन १ हजारभन्दा बढी पर्यटक सो क्षत्रमा पुग्ने गर्दछन। ठूलो आशा लिएर ताल अवलोकन गर्न पहिलो पटक आएको थिए सुने अनुसारको पाएन कोईलही तालमा भेटिएका पुष्पराज दाहाल भन्छन्– व्यवस्थापनको काम गर्नुपर्ने देखिएको छ ।
प्रकृतिक हिसावले बनेको ठाउँ भएपनि नागरिकको तर्फबाट हुनुपर्ने व्यवस्थापन भने हुन सकेको छैन। कोईलही ताल पुग्ने पर्यटकहरु सोचे जस्तो र सुने जस्तो वातावरण नपाएको बताउँछन। सरकारी क्षेत्रबाट केही हुन नसकेको भएपनि ताल संरणक्ष समितिले संकलन गरेको रकमबाट धेरै व्यवस्थापन गर्न सकिने अवस्था भएको त्यहाँ पुग्ने पर्यटकको भनाई छ। २०७३ सालको जेठमा गठन भएको संरक्षण समितीले केही काम गरेपनि सुस्त गतिमा भईरहेको छ। कोईलई तालमा चार वटा पिक्निक स्र्पोट रहेका छन भने डुङगा पनि संञ्चालनमा रहेको छ। आम्दानीको स्रोत बढिरहेको भएपनि उचित व्यवस्थापन हुन नसक्दो समस्या भोग्दै आएको छन ्। आन्तरिक पर्यटकहरु कोईलइ ताल पुग्ने गरेको भएपनि बाह्य पर्यटकहरुले भने एक जना पनि पुगेका छैनन्।
प्रर्याप्त खानेपानी, थप पिक्निक स्र्पोट, सौैचालय, पार्किङ लगायतको मात्र राम्रो व्यवस्था गर्न सके पर्यटक भित्र्याउन सहज हुने देखिएको छ। त्यसका लागि अव यसतर्फ ध्यान दिन जरुरी रहेको त्यहाँ पुगेका आन्तरिक पर्यटकहरुको सुझाव छ। संरक्षण समितीले ६ जना कर्मचाारीलाई तलवमा राखेको छ। कर्मचारीको तलव मासिक रुपमा जम्मा २० हजार खर्च हुन्छ। आम्दानीको तुलनामा कर्मचारीको तलवमा हुने खर्च भने निकै कम हो। एक वर्षको अवधिमा १० लाख ३७ हजार आम्दानी भएपनि कुन कुन ठाउँमा कति खर्च भयो भन्ने विवरण भने समितीले सार्वजनिक गर्न सकेको छैन।