कञ्चनपुरमा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते
२०७८ मंसिर २, ०१:५७
महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन्।
बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन्। स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
कमेन्ट लोड गर्नुस