कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ
धनगढी : कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो। बेल्डाडी गाउँपालिका ५ घर भइ हाल भिमदत्त नगरपालिका वडा नम्बर कटान बस्ने २२ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भट्टको कोठामा लागुऔषध खरिद गर्न आएका भिमदत्त नगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय ज्ञानेन्द्र महर्जन पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ४.४७ ग्राम खैरो हिरोइन, लागुऔषध नापताैल गर्ने डिजीटल तराजु १ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, ६४ हजार ५०० नगद र लु८१प ३७०५ नम्बरको मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।