कञ्चनपुरको पुनर्वास-बेलौरीमा पनि विप्लव नेतृत्वको बन्दको प्रभाव
२०७८ कार्तिक ३०, १०:०१
पुनर्वास: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पुनर्वास र बेलौरीका बजारमा पनि देखिएको छ।
मंगलबार बिहानैदेखि पुनर्वास र बेलौरी क्षेत्रमा छोटा दुरीका सवारी सञ्चालनमा देखिए पनि बजारहरु, शैक्षिक संस्था र वित्तीय संस्थाहरुमा भने बन्दको प्रभाव पूर्ण रुपमा देखिएको हो। ठाउँठाउँमा प्रहरीको सुरक्षा व्यवस्था कडा देखिएको छ। सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्दको घोषणा गरिएको हो।
कमेन्ट लोड गर्नुस