बाजुरा एमालेमा विवाद, जिल्ला सदस्य रेगमीद्वारा राजीनामा
धनगढीः बाजुरामा नेकपा (एमाले) मा पार्टीभित्र विवाद देखिएको छ। पार्टीको जिल्ला कमिटीभित्र विवाद देखिएको हो।
पार्टी विवादकै कारण एमाले बाजुरा जिल्ला कमिटी सदस्य सृष्टी रेग्मीले राजीनामा दिएकी छन्। उनले आज पार्टी जिल्ला अध्यक्षलाइ एक निवेदन मार्फत राजीनामा दिएको बताइन्। पछिल्लो राजनैतिक घटनाक्रम र परिवेशमा आफु एमालेको जिल्ला कमिटी सदस्य भएर काम गर्ने नसक्दै भन्दै उनले जिल्ला सदस्य पदबाट राजीनामा दिएकी हुन्। महाधिवेशन प्रतिनिधिमा आफुलाइ जसरी पनि नराख्ने पार्टी कमिटीले खेल खेलेको उनको आरोप छ। पार्टीमा युवाहरुलाइ स्थान नदिइएको पनि रेग्मीको भनाइ छ।
रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाकी उपमेयर समेत हुन्।