सुदूर नेपाललाई विश्वसँग जोड्दै

वार्नर टी–२० विश्वकपको उत्कृष्ट खेलाडी घोषित

२०७८ कार्तिक २९, ०६:०२ खबर संवाददाता

काठमाडौंः अष्ट्रेलियाका डेभिड वार्नर आईसीसी टी–२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन्।

अष्ट्रेलियालाई पहिलो पटक टी–२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी घोषित भए।

वार्नर र मिचेल मार्शको अर्धशतक मद्दतमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो। आइतबार भएको फाइनलमा वार्नरले ५३ रन बनाएका थिए।

वार्नरले प्रतियोगिताभर ७ खेल खेल्दा ३ अर्धशतक मदद्तमा २८९ रन बनाएका थिए। सर्वाधिक रन बनाउनेमा वार्नर दोस्रो स्थानमा रहे।

वार्नरले सुपर १२ मा वेष्ट इन्डिज विरुद्ध अविजित रहेर ८९ रन बनाएका थिए। यस्तै श्रीलंका विरुद्ध ६५ रन बनाएका थिए। सेमिफाइनलमा पाकिस्तान विरुद्ध अर्धशतक बनाउन एक रनले मात्र चुकेका थिए।

कमेन्ट लोड गर्नुस