सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले डडेल्धुराद्वारा ९ जना महाधिवेशन प्रतिनिधि छनोट

२०७८ कार्तिक २८, ०५:४३ खबर संवाददाता

डडेल्धुराः नेकपा एमाले डडेल्धुराले १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ। शनिबार र आइतबार सदरमुकाममा बसेको जिल्लास्तरिय बैठकले ९ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको नेता अमरबहादुर पुनले बताए। मंसीर १० गतेदेखि चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमाले डडेल्धुराले ९ जना प्रतिनिधि छनोटमा गरेको उनले बताए। 

जसमा खुल्लातर्फ गजेन्द्र शाही, पठानसिंह बोहरा, पदम जोशी, पदम पाल छनोट भएका छन् भने महिलातर्फ तारा खाती र कृष्णा ओझा, यस्तै दलित महिलामा ज्ञानु गैरे तथा दलित पुरुषमा करन ताम्राकार र सुन्दर जैरु छनोट भएको निर्वाचन संयोजक राजेन्द्र ठगुन्नाले बताए। 


 

कमेन्ट लोड गर्नुस