सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम यू–१९ छनोट प्रतियोगिताः दोस्रो खेलमा कैलाली १० विकेटले विजयी

२०७८ कार्तिक २८, ०५:३२ खबर संवाददाता

धनगढीः वाई वाई यु १९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ। दार्चुलाले  टस जितेर पहिलो ब्याटिङ्ग रोजेको थियो।

निर्धारीत ४० ओभरको खेलमा २१ २ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको थियो। बलिङतर्फ कैलालीका लागि आजका प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए भने नागराज सिंह र बसन्त कार्कीले समान २ २ विकेट लिएका छन्। ४४ रनको झिनो लक्ष्यलाई कैलालीको पहिलो जोडीले ५ ओभरमा नै जित निकाल्न सफल भएका छन्।

कैलालीका लागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप बिष्टले १० को योगदान गरेका थिए। भोलि कैलालीले आफ्नो लिग अन्तर्गतको अन्तिम खेल बैतडी सङ खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस