सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

२०७८ कार्तिक २७, ०७:११ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा आठ हजार २४३ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार २७८ जना रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा सङ्क्रमण दर १८।२ प्रतिशत पुगेको छ। पाँच सय बढी सङक्रमित भएको एक मात्र जिल्ला ललितपुर छ। दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० छन्। ती जिल्लामा मोरङ, सुनसरी, धनुषा काठमाडौँ, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस