आमाको माया छात्रावासलाई न्यानो कपडा वितरण
आमाको माया छात्रावासमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सेञ्चुरी कमर्सियल बंैक लिमिटेड धनगढी शाखाले छात्रावासमा रहेका वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । धननढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम छात्रावासमा रहेकाहरुलाई चिसो मौसममा राहत होस भन्नकालागि कपडा वितरण गरिएको हो । वैंकको धनगढी शाखा प्रवन्धक खोनीसेभ ढुंगानाले २५ हजार बराबरका सामाग्री वितरण गरेका हुन् । कार्यक्रममा वैंकका सवै कर्मचारीहरुको पनि सहभागीता रहेको थियो । साथै वालवालिकाहरुलाई स्टेशनरी सामाग्री समेत प्रदान गरिएको छ ।