सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगासमा बाढीले पुल बगायो, काठेपुल बनाएर आवतजावत

२०७८ कार्तिक २७, ०३:०२ खबर संवाददाता

बैतडीः कार्तिकमा परेको बेमौसमी बर्सातका कारण बैतडी सिगासका अधिकांश ठाउँहरुमा बाढी र पहिरोले क्षति भयो। नदीमा आएको बाढीले कतै पुल बगायो त कतै बगरै बगाएर उठिबास बनायो। यस्तै पीडामा छन् सिगास गाउँपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयहरु। उनीहरु अचेल बाढीले पुल नै बगाएपछि काठेपुल सहारामा आवतजावत गरिरहेका छन्। न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि उनीहरुले २ ओटा काठेपुल बनाएर वारपार गर्नुपरेको हो। 

नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ का स्थानीय नरेश साउँदले बताए। विद्यालय जाने बाटोको पुल समेत बगाएपछि विद्यार्थीहरुलाइ आवतजावतमा सकस भएको उनले बताए। यस्तै स्थानीयहरुले गाउँपालिकालाइ पुल निर्माणका लागि आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस