सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको प्रसिद्ध सिगास कैलपाल मन्दिरमा आजदेखि जात्रा

२०७८ कार्तिक २६, ०४:३३ खबर संवाददाता

बैतडीः बैतडीको प्रसिद्ध सिगास कैलपाल मन्दिरमा जात्रा शुरु भएको छ। हरेक बर्ष कार्तिक शुक्ल सप्तमीका दिन जिल्लाको सिगास गाउँपालिका वडानम्बर ९ स्थित चौखामको कैलपाल मन्दिरमा जात्रा शुरु भएर कार्तिक शुक्ल अष्टमीका दिन समापन हुने गर्दछ। 

जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने त्यहाँका स्थानीयहरु बताउँछन्। जात्रामा बिशेष पूजाआजा गरिने र पुजाआजाले मनोकांक्षा पुरा हुने बताइन्छ। 

कमेन्ट लोड गर्नुस