एलपीएलको स्कोरिंग पार्टनरमा विकेट नेपाल डट कम
धनगढीः धनगढीमा अगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को स्कोरिंग पार्टनर विकेट नेपाल डट कम रहने भएको छ।
विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको प्रत्येक खेलको स्कोर अपडेट नेपाली क्रिकेट प्रेमीहरु माझ लोकप्रिय क्रिकेट साइट विकेटनेपालले आफ्नो वेबसाइट र फेसबुक पेजमार्फत उपलब्ध गराउनेछ। प्रतियोगितामा स्कोरिंग पार्टनर रूपमा रहने गरी विकेटनेपालका प्रबन्ध निर्देशक बिराट जंग रायमाझी सङ्ग सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ।