सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव

२०७८ कार्तिक २४, ०१:४५ खबर संवाददाता

बैतडीः जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ हुने गरेको जनाएको छ।

कर्मचारी अभावका कारण यसै महिनाको सुरुवातमा अविरल वर्षाले क्षति पुर्‍याएका ठाउँमा समेत प्रशासन कार्यालयको नेतृत्व पुग्न सकेको छैन। विगतमा प्रकोप भएको ठाउँमा सबैभन्दा पहिला जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुग्ने गरेकोमा अहिले नपुगेको दशरथचन्द नगरपालिकाका– ३ का अजब पाण्डेयले बताए।

दसैं पहिला बिदामा बसेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे अझै पनि जिल्ला फर्किएका छैनन्। जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएकै कारण चाडपर्वका बेला गरिनुपर्ने बजार अनुगमन कार्यसमेत हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जना मात्रै कार्यरत रहेका छन्।

कमेन्ट लोड गर्नुस