एमालेका तत्कालीन डडेल्धुरा अध्यक्ष डा. जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै
धनगढीः नेकपा (एमाले) का डडेल्धुराका तत्कालीन अध्यक्ष डा. तारा जोशीले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने तयारी गरेका छन्। उनलाई नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले भोलि (बुधबार) जिल्लामा एक कार्यक्रममा साथ पार्टी प्रवेश गराउने स्रोतले जनाएको छ।
ओलीले एमाले अध्यक्षको जिम्मेवारी प्रकाश साउँदलाई दिएपछि जोशी रुष्ट बनेको बताइएको छ। एकलौटी पार्टी चलाएको र सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जोशी एमाले छाड्न लागेको स्रोतको दावी छ।
डा.जोशीको जिल्लामा पकड राम्रो रहेको बताइन्छ। उनीसँगै अधिकांश नेता कार्यकर्ता समाजवादीमा प्रवेश गर्ने बताइएको छ।