सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा विमानस्थल निर्माणका लागि सर्भे थालियो

२०७८ कार्तिक २३, ०४:०५ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा विमान विमालस्थल निर्माणका लागि सर्भेको काम थालिएको छ। जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माणका लागि सर्भे थालिएको हो।

आज (मंगलबार) देखि सर्भेको काम थालिएको बताइएको छ। पुइलेक डडेल्धुरा सदरमुकामबाट १२ किलोमिटरको दुरीमा अवस्थित छ। विमानस्थल निर्माणका लागि १२ सय मिटर जग्गामा सम्भाव्यता सर्भे सुरू गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाले जानकारी दिए।

डडेल्धुरामा २०७० सालदेखि विमालस्थल निर्माणका लागि माग राख्दै आएपनि निर्माणको प्रक्रियासमेत थालिएको थिएन। अहिले पुइलेकमा सम्भाव्यता अध्ययन पश्चात सर्भे थालिएको जनाइएको छ। विमानस्थलका लागि आवश्यक धावन मार्गको लम्बाइ, पर्याप्त मिलेको क्षेत्रफल भएको, धावन मार्ग, पहाडले छेक्ने सम्भावनासमेत भएको पाइएको प्राविधिकको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस