सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका सासंदको स्पस्टोक्ति : घर भाडा बाफत रकम पठाएको जानकारी छैन

२०७५ पुष ८, ०७:११ जनक विष्ट

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमै घर भएका प्रदेशसभा सदस्यहरुले घर भाडा वाफतको रकम लिइरहेको विषयमा काँगेसका प्रदेशसभा सदस्यहरुले मुख खोलेका छन्। कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचीत प्रदेशसभा सदस्य डिल्लीराज पन्त र समानुपातिक प्रदेशसभा सदस्य टेक बहादुर रैकाले पत्रकार सम्मेलन गर्दै आफूहरुलाई घरभाडा वाफत रकम प्राप्त भएको विषयमा जानकारी नै नभएको बताएका हुन्। उनीहरुले संसद सचिवालयबाट खातामा एकमुष्ट रकम आएकाले फर्निचर र मर्मत सम्भार वाफतको भएको बुझाइमा आफूहरु रहेको दावी गरेका छन्। प्रदेशसभा सदस्य डिल्लीराज पन्तले सञ्चार माध्यममा समाचार आएपछि मात्रै आफूहरुले भाडा वाफतको रकम पाइरहेको थाहा पाएको बताए। उनले संसद सचिवालयसँग बुझेर भाडा बाफत आफूलाई आएको रकम फिर्ता गर्ने जानकारी दिए। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस