सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोहलीले कप्तानी छाडे, दिए यस्तो भावुक सन्देश

२०७८ कार्तिक २३, १२:५५ खबर संवाददाता

एजेन्सी: यो वर्षको टी–२० विश्वकपबाट भारतीय क्रिकेट टोली बाहिरिएको छ। योसँगै टी–२० मा कप्तानको रूपमा विराट कोहलीको यात्रा पनि समाप्त भएको छ। विश्वकपभन्दा अघि नै कोहलीले प्रतियोगितापछि टी–२० टोलीको कप्तान छाड्ने बताएका थिए। 

कोहलीले ट्वीटरमा एउटा सन्देश लेखेर कोहलीले भारतीय समर्थकहरूलाई पनि धन्यवाद दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘हामी सबै एक साथ मिलेर लक्ष्य हासिल गर्छौँ। दुर्भाग्यले हामी यसपटक चुक्यौँ। एक टिमको रूपमा हामी जतिको निराश सायदै कोही होला। तपाईं सबैको समर्थन चाहिएको थियो, यसका लागि धन्यवाद। हामी अझै सशक्तरुपमा फर्किने प्रयास गर्नेछौँ र आगामी दिनमा राम्रो प्रदर्शन गर्नेछौँ।’

कोहलीले ५० अन्तर्राष्ट्रिय टी–२० खेलमा भारतको कप्तानी गरेका छन्। 

 

कमेन्ट लोड गर्नुस