‘सुन्दर सुदूरपश्चिम महोत्सव’ नगर्न आग्रह, व्यवसायिक एकता भंग हुने आशंका
धनगढीमा ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को तयारी भएपछि विवाद बढेको छ। यसअघि २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएकोमा यस बर्ष सदस्यता विवादले नयाँ नेतृत्व चयन गर्न ढिलाई भएपछि संघले महोत्सव गर्न सकेको छैन्। सोही मौका छोपी नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशले धनगढीमै ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ आयोजना गर्ने भनेपछि विवाद देखिएको हो। नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेशले ‘समृद्ध सुदूरपश्चि प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र ब्यापार’ भन्ने मुल नाराका साथ पौष २० गते देखि माघ २ गतेसम्म प्रथम ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना गर्ने तयारी थालेको छ।
तर कैलाली उद्योगा वाणिज्य संघको निर्वाचनपछि सुदूरपश्चिम महोत्सव गर्ने तयारी गरेको अवस्थामा अर्को कुनै सस्थाले महोत्सव गर्दा व्यवासायीविच विवाद बढ्ने भन्दै त्यसप्रति ध्यानाकर्षण गरिएको छ। कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल र नेपाल चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष मोहन शर्माले ‘सुन्दर सुदूरपश्चिम महोत्सव–२०७५’ को आयोजना भए व्यवसायिक एकता भंग हुने भन्दै विज्ञप्ती मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। अहिले अर्को सस्थाले महोत्सव आयोजना गरे व्यवसायिक हितका लागि स्थापना भएका सस्थाले नै व्यवसायी व्यवसायी विच विवाद श्रृजना हुने जारी विज्ञप्तीमा भनिएको छ।
यस्तै विज्ञप्तीमा उद्योग वाणिज्य संघ कैलालीको निर्वाचन तत्काल सम्पन्न गरि सुदूरपश्चिम महोत्सवको मिती घोषणा गर्न माग पनि गरिएको छ। कृषि, पर्यटन उद्योग, व्यापार प्रवद्धन तथा विभिन्न विकास निर्माणका कार्यमा राज्यलाई दवाव दिने उद्येश्यका साथ २०६३ सालदेखि ंकैलाली उद्योग वाणिज्य संघले महोत्सव गर्न सुरु गरेको थियो। कैलाली उद्योग वाणिज्य संघले पनि सोही विषयमा आज साढे ४ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ।
यस्तै नेपाल चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश समितिले महोत्सवको बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा छलफल पछि मात्रै महोत्सव बारे टुङगो लाग्ने जनाएको छ। प्रदेश समितिका अध्यक्ष प्रकाश साउदले सवै सरोकारवालासंगको छलफलपछि मात्रै महोत्सव बारे टुङगो लाग्ने बताए।