सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक २२, ०४:२७ खबर संवाददाता

धनगढीः बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमवार जिल्लाको सुर्नया गाउँपालिका ४ मा भिरबाट लडेर अन्दाजी ४२ वर्षीया तुलशी कुवँरको मृत्यु भएको हो। 

आज दिउँसो १ बजे खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक कुवँरका दुई छोरा एक छोरी छन्। उनका श्रीमान रोजगारीको क्रममा भारतमा छन्।

कमेन्ट लोड गर्नुस