सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक युवती मृत भेटिइन्

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक २२, ०२:१७ खबर संवाददाता

धनगढीः डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका ५ मा २३ वर्षीया रुपा चुनारा मृत फेला परेकी हुन्। 

प्रहरीका अनुसार उनी आफ्नै घरको सुत्ने कोठामा मृत भेटिएकी छन्। आज बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

मृतकको माइत बैतडी हो। उनका माइती पक्ष आइरहेको जनाउदै अहिले शव प्रहरीको सुरक्षामा रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस