सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी काँग्रेस उपसभापति चन्दको चरित्र हत्या गरिएको भन्दै कारबाहीको माग

२०७८ कार्तिक २१, १०:३२ खबर संवाददाता

बैतडी: सामाजिक सञ्जालमार्फत नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको नेपाली काँग्रेस बैतडीले जनाएको छ। नेपाली काँग्रेस बैतडी नामक फेसबुक आइडीबाट उपसभापति चन्दको चरित्र हत्या हुने किसिमले पोष्ट आइरहेकोले त्यो आइडी पहिचान गरी कारबाही गर्न माग गरिएको हो। 

नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाले विज्ञप्ति नै जारी गर्दै सामाजिक सञ्जालमा आएका अनर्गल र झुटा प्रचारका पछि नलाग्न आग्रह गरेका छन्। अनाधिकृत रुपमा गरिएको उक्त कार्यमा संलग्न व्यक्तिको खोजी गरी कारबाहीका लागि सम्बन्धित निकायसँग प्रक्रिया अघि बढाइसकेको विज्ञप्तिमा उल्लेख छ। 

अहिले नेपाली काँग्रेसको १४औं महाधिवेशनका बेला एक पक्षले अर्को पक्षलाई विभिन्न लाञ्छना र आरोप लगाउन थालेका छन्। जिल्लामा उपसभापति चन्दको नेतृत्वमा जिल्ला अधिवेशनका लागि प्यानल घोषणा गरिएको छ। यस्तै पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा अर्को प्यानलको पनि घोषणा गरिएको छ।

कमेन्ट लोड गर्नुस