टिप्परको तीव्र गतिले जोखिम बढे पनि ट्राफिक प्रहरीको ध्यान पुगेन
ट्राफिक प्रहरीले टिप्परको गति नियन्त्रण गर्नमा ध्यान नदिदा सडक वरपरका बासिन्दा र सडकमा आवतजावत गर्नेहरुलाई जोखिम बढेको छ। टिप्परले धेरै जसो निर्माण सामाग्री बोक्ने भएकाले कुनै ठाउमा पुग्न निश्चित समय नतोकीने हुँदा गति कम गर्न पनि स्थानियले माग गरेका छन। साना सवरी साधनलाई छोटो दुरीमा पनि दुई÷तिन पटक चेकजाच गर्ने ट्रफिक प्रहरीले ठूला सवारी साधनलाई चेकजाच गर्नमा ध्यान नदिदा टिप्परको गति तिव्र हुने गरेको स्थानियको आरोप छ।
गएको आईतबार मात्र धनगढी उप–महानगरपालिका वडा नम्बर ५ जाई निवासी दुर्गा प्रसाद जोशीको टिप्परले ठोकेर मृत्युभयो । यस अधि पनि अत्तरिया रोडमा मोटरसाईकलमा सवार श्रीमान–श्रीमतीको पनि टिप्परले नै ठोकेर मृत्यु भएको थियो । यसरी टिप्परले ठोकेर स्थानियको मृत्यु हुन थालेपछि सडक वरपरका स्थानियमा जोखिम बढेको हो । बाटोमा हिडडुल गर्ने यात्रुहरुमा पनि यस्ले गर्दा त्रास फैलिएको धनगढीका स्थानीय धर्मसिंह मडैले बताए।
टिप्परले धेरै जसो निर्माण सामाग्री बोक्ने भएकाले निश्चित समयमा पुग्नु पर्ने बाध्यता रहेको हँुदैन । बालुवा, गिट्टी बोक्दा पनि तिव्र गतिमा हुईकिने भएकाले दुुर्घटनाको खतरा बढी हुने गरेको छ । बढी निर्माण व्यवसायीको काम सक्रिय हुने टिप्पर चालक पनि एक दिनमा ४÷५ पटक सामाग्री ओसार पसार गर्ने र टिप्पर चालकको घमण्डले गर्दा गति तिव्र हुने गरेको धनगढीका हरिप्रसाद भट्टको आरोप छ ।
कुनै–कुनै समयमा निकै कडाईका साथ सडकमा खटिएको जस्तो देखिने ट्रफिक प्रहरीले टिप्परको गति नियन्त्रण गर्नमा भने कुनै चासो देखाएको छैन् । आफ्नो औपचारीकता पुर्नको लागि केहि साना सवारी साधनलाई चेकजाच गरेपनि ठूला सवारी साधन त्यो पनि तिव्र गतिमा हुईकिनेलाई चेकजाच गरेको देखिदैन् । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख अनिल उप्रेत ीभने गति नियन्त्रणका लागि लागिरहेको दावी गर्छन् ।