सङ्क्रमण घट्दो क्रममा
काठमाडौँ: पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ। पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कूल सङ्क्रममितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ। सो अवधिमा ६४९ सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार १४४ रहेको छ।