बाजुरामा दुई सरकारी मोटरसाइकलमा आगो लगाइयोे
धनगढीः बाजुरामा दुई सरकारी मोटरसाइकलमा आगो लगाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका र वडा कार्यालयका मोटसाइकलमा आगो लगाइएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा नगरपालिका वडा नम्बर १ पिपलडाली नजिकै शुक्रबार राति मोटसाइकल जलाएर सडकमा अलपत्र अबस्थामा फालेको पाइएका हुन्। एउटा मोटरसाइकल वडा नम्बर २ र एउटा नगरपालिकाको प्राबिधिक शाखाको रहेको प्रहरीले बताएको छ।
बुढीन्दा प्राबिधिक शाखाको भे १ प १४०४ र ६१३ नम्बरको अर्को मोटरसाइकल रहेको छ। मोटरसाइकल मर्मतमा राखिएका थिए। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सामान्य क्षति भएको छ।