सुदूर नेपाललाई विश्वसँग जोड्दै

टि–२० क्रिकेटको उपाधि गजुरी विकास समाजलाई

२०७८ कार्तिक १९, ०७:१५ रासस

धादिङ: धादिङ जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको टि–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ। यही कात्तिक ११ गतेदेखि विशालटारमा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा गजुरी सामुदायिक विकास समाजले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो। टस जितेर ब्याटिङ गर्दै गजुरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनायो। एक सय ११ रनको लक्ष्य पछ्याउने क्रममा त्रिपुरासुन्दरीले सबै विकेट गुमाउँदै मात्र ८९ रन बनायो। 

प्रतियोगिताको विजेतालाई एक लाख तथा उपविजेतालाई रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको धादिङ जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष नारायण सिलवालले जानकारी दिए। नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे।
 

कमेन्ट लोड गर्नुस