सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी बडीगाडमा भलिबल प्रतियोगिताः जनशिल युवा क्लबलाई उपाधि

२०७८ कार्तिक १९, ०४:२१ खबर संवाददाता

धनगढीः डोटीमा धर्मसिंह तुलसीदेवी स्मृति बृहत भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लवले जित्न सफल भएको छ। जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा बडीगाड कार्तिक १७ देखि आयोजित भलिबल प्रतियोगिताको उपाधि जनशिल युवा क्लव बडिकेदार १ रिसडीले जितेको हो। 

उक्त प्रतियोगितामा उपाधिका लागि देवली युवा क्लब बडिकेदार १ देवली डोटी र जनशिल युवा क्लव बडिकेदार १ रिसडीले आज फाईनल खेल खेलेका थिए। यस्तै प्रतियोगितामा देवली युवा क्लव बडिकेदार १ देवली डोटी दृतिय र रोयल गडसेरा तृतीय भएका छन्।  आज प्रतियोगिताको समापन गरिएको आयोजकले जनाएको छ।  

दिपावलीको अवसरमा आयोजना गरिएको उक्त भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो टिमलाई पाँच हजार नगद र ट्रफिसहितको पुरस्कार दिइएको छ। यस्तै उदयमान खेलाडी एदुकर खड्का र उत्कृष्ट खेलाडी टेकेन्द्र खड्कालाइ पनि पुरस्कार प्रदान गरिएको छ।

कमेन्ट लोड गर्नुस