सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीको नदीले बगाएको बझाङ-बैतडी जोड्ने बाटो पुनर्निर्माण गरिदै

२०७८ कार्तिक १८, ०२:५४ खबर संवाददाता

बैतडीः बैतडी सिगासको ढुंगाड क्षेत्रमा सेती नदीमा आएको बाढीले बगाएको बाटो पुनर्निर्माण कार्य थालिएको छ। ढुंगाडदेखि बझाङको देउरा जोड्ने बाटोमा हिड्नै समस्या भएपछि निर्माण कार्य थालिएको हो। 

सिगास गाउँपालिका वडा नं ५,६ र ७ का स्थानीयको मुख्य बजार बझाङको देउरा भएकाले सो क्षेत्रमा जाने बाटो पुनर्निर्माणको काम थालिएको सिगास गाउँपालिकाले जनाएको छ। नदीले करीब दुई सय मिटर बाटो बगाएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस