धनगढीमा वडास्तरीय जेपिएल क्रिकेट प्रतियोगिता सुरु
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा वडास्तरीय जुगेडा प्रिमियर लिग (जेपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ। दिपावलीको अवसरमा स्थानीय हनुमाननगर युवा क्लवबले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको उद्घाटन मंगलबार धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले गरेका थिए। जुगेडाका क्रिकेट खेलाडीहरुको प्रतिभाको उजागर गर्न प्रतियोगता हुन लागेको क्लबका उपाध्यक्ष बालकृष्ण अवस्थीले बताए। जारी प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ।
मंगलबार भएको खेलमा आयोजक हनुमाननगर युवा क्लव, नमुना युवा क्लव र जुगेडा युनाइटेडले जित हासिल गरेको आयोजकले जनाएको छ।