सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरामीको चाप बढ्यो ।।

। फोटो स्रोत ।
२०७५ पुष ६, ०६:०१ सीपी लोहीया

चिसो बढेसंगै बैतडी जिल्लाका विभीन्न स्वास्थ्य संस्थाहरुमा रुघाखोकी , ज्वरो , दम र निमोनियाका बिरामीको चाप बढेको छ। जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिश विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक १३ जना भन्दा माथि रुघाखोकी र ज्वरोका बिरामीहरु आउने गरेका छन्। यस्तै अहिले जिल्ला अस्पतालमा दैनिक २ जना जती दम र निमोनियाका बिरामीहरु पनि अस्पताल पुग्ने गरेका उनले बताए। यस्तै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुका पनि रुघाखोकी , ज्वरो , दम र निमोनियाका बिरामीको संख्या बढीरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ श्रीकोटमा अवस्थीत श्रीकोट स्वास्थ्य चौकीमा पनि पहिलेको भन्दा यो समयमा रुघाखोकी , ज्वरो दम र निमोनियाका बिरामी बढी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्य चौकीका ईन्चार्ज विरसिंह भाटले बताए। यस्तै दशरथचन्द नगरपालिकाको देहीमाण्डौ स्वास्थ्य चौकीमा पनि मौसमी रुघाखोकी, ज्वरो, दम र निमोनियाका बिरामी बढेका स्वास्थ्य चौकीकी अनमी हिरा बोहराले बताए। जिल्लामा भाईरलकै रुपमा ज्वरो , रुघाखाकी नदेखीएपनी मौसमी प्रभावले अधिकांस मानिसमा यो समयका ज्वरो आउनुका साथै रुघाखोकी लागीरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्टको भनाई छ। साथै यो समयमा दम र निमोनियाका बिरामीको संख्या पनि पहिलेको तुलनामा बढीरहेको उहाँको भनाई छ। चिसोबाट बच्न न्यानो लुगा लगाउन , तातो ठाउँमा बस्न स्वास्थ्यकर्मीहरुले भनेका छन्। तातोपानी संगै तातो खाने कुरा खायो भने पनि चिसो बाट बच्न सकिने उनीहरुको भनाई छ। साथै यो समयका चिसोमा जथाभावी बाहिर हिडडुल नर्गन पनि स्वास्थ्यकर्मीले भनेका छन्। चिसोमा बालबालीका र वृद्धवृद्धाको अझै धेरै ख्याल गर्नुपर्ने उनीहरुको सुझाब छ। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस