सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुर्नवासबाट पटाका बरामद

२०७८ कार्तिक १३, ०५:४३ खबर संवाददाता

धनगढी: प्रहरीले कञ्चनपुरको पुर्नवास नगरपालिकाबाट पटाका बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको टोलीले पुर्नवास–६ ङ गाउँ र वडा नम्बर ११ डोके बजारबाट बेवारिस पटाका बरामद गरेको हो।

बरामद भएको अन्दाजी १९ हजार ५ सय मूल्य बराबरको पटाका नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस