पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग
काठमाडौंः पर्यटन व्यवसयाीहरुले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। सस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई भेटेर व्यवसायीहरुले महामारी पछि सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रका विशेष प्याकेजको आवश्यकता रहेको बताएका हुन्।
मन्त्रीसँगको भेटमा धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा अभाव लगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष समिति गठन गरि पर्यटनलाई मुर्तरुप दिन आग्रह गरिएको एक व्यवसायीले जानकारी दिए।
आलेले अब हामी सरोकारवालासँग बसेर विशेष कार्यक्रम ल्याउनेतर्फ छलफल गर्ने बताएका छन्।