सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढायो

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १३, १२:२४ खबर संवाददाता

धनगढीः नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढाएको छ। शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले खाना पकाउने ग्यास प्रतिसिलिन्डर रु ५० ले वृद्धि गरी खुद्रा बिक्री मूल्य १५०० बनाएको हो। यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर १४५० रुपैयाँ थियो।

मूल्य बढाउँदा पनि ग्यास बिक्रीमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा नै रहेको निगमको भनाइ छ।

कमेन्ट लोड गर्नुस