कञ्चनपुरमा बाख्रा चोर पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा बाख्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरका १८ वर्षीय ओम प्रकाश भण्डारी रहेका छन्।
सोही नगरपालिकाको वडा नम्बर ५ वनसमितिकी लक्ष्मी ऐडीको घरबाट बाख्रा चोरी गरेको आरोपमा उनालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको हो। भण्डारीलाई शनिबार विहान २ बाख्रासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।
पक्राउ परेका भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।