कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ
कञ्चनपुर: लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का अन्दाजी वर्ष २० का राहुल बाल्मिकी रहेका छन्।
नेपाल भारत सीमा क्षेत्र डोकेबजारमा पैदल हिड्दै गरेका बाल्मिकी माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले लागु औषध नेट्राभेट दश १०५ ट्यावलेट फेला पारेको छ। बाल्मिकीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। बाल्मिकीले भारतबाट लागु औषध ल्याएको बताइएको छ।