सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयर कप फुटबल : खुमलटार विजयी

२०७८ कार्तिक ११, ०७:०२ रासस

काठमाडौँ: एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो। खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गरे।   

जितसँगै समूह डि मा रहेको खुमलटारले दुई खेलबाट ६ अङ्क जोडेको छ। खुमलटार शीर्ष स्थानमा प्रवेश गरेको छ। ‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा जारी उक्त प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहका विजेता र उपविजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। 

कमेन्ट लोड गर्नुस